स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न « Khabarhub

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार महासङ्घ’ विषयक अन्तरक्रिया गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा आयोजित सो अन्तरक्रियामा स्थानीय सरकारले सूचना र सञ्चारका क्षेत्रमा गरिरहेको अभ्यासका विषयमा छलफल गरिएको थियो । 

नगर प्रमुख मीठाराम अधिकारीले पत्रकारहरूले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनामा हाल विकास निर्माणसहित विभिन्न क्षेत्रमा सुधार भएको उल्लेख गर्दै मिडियाले समाचार प्रसारण प्रकाशन गर्दा पहिले र अहिलेको परिवर्तनलाई तुलना गरेर सकारात्मक सूचना प्रवाह गर्न आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सञ्चारसम्बन्धी नीति निर्माण गर्दा संविधानको मर्म र भावनाविपरीत हुन नहुने बताए। नगरपालिकाकी उपप्रमुख अनिता लामाले मिडियाले कसैलाई पनि देवत्वकरण नगरी सत्य सम्प्रेषण गर्नुपर्ने बताए। 

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्थानीय सरकार पारदर्शी, सञ्चारमैत्री र विकासमैत्री हुन आवश्यक रहेको धारणा राखे । महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्थानीय सरकारले नीति बनाएर भ्रामक सूचना सचेतनासम्बन्धी कार्यक्रम, सूचनाको हकको कार्यान्वयनलगायतका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । 

कार्यक्रमका सहभागीले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, स्थानीय तहका काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०९ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा