गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली | Khabarhub Khabarhub

गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाउन परेको छ ।

प्रहरीले दुई राउण्ड गोली हानेर मंगलबार विहान ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टको प्रहरीले चेकजाँचका लागि ना ६ ख १३१ नम्बरको ट्रकलाई रोकेको थियो ।

ट्रकमा गाँजा तस्करी हुने गरेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । काठमाडौंमा सामान पु¥याएर फर्किएका ट्रकलाई कडाइका साथ चेकजाँच गर्ने ‘माथिको निर्देशनानुसार’ रातोमाटे चेकपोस्टका प्रहरी जवान सञ्जीवकुमार दास चेकजाँचका लागि ट्रकमा चढेका थिए ।

तर, ट्रक चालक अफ्रिक चौधरीले प्रहरी जवान दास चढ्नेवित्तिकै ट्रक अगाडि बढाए । प्रहरीले ‘रोक, रोक’ भन्दा भन्दै उनले ट्रकको स्पीड बढाए ।

चेकपोस्टबाट भागेको ट्रकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले घेरा हालेर गोली चलाइ नियन्त्रणमा लियो । प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–२९ घर भएका चौधरीको देब्रे खुट्टामा २ वटा गोली लागेको छ ।

अहिले उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले ट्रकबाट ७९ किलो ८ सय ग्राम बराबरको १४ पोका गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : ५७ बजे

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, आगामी योजना घोषणा गर्ने

काठमाडौं– नेकपा एमालेबाट निकालिएका डा. भीम रावलले आज पत्रकार सम्मेलन

भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव

काठमाडौं– भारतले भियतनामसमक्ष चालकरहित हवाइ उपकरण ड्रोन प्रतिरोधी प्रणाली बिक्री

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार अहिले करिब १ लाख ८

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

बैंकिङ क्षेत्रबारे मेरो धेरै ज्ञान नभएको हुनाले एउटा नागरिकको नातामा

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको