टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ « Khabarhub

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गरे ।

नगरप्रमुख अधिकारीले टोखाले नगरपालिकालाई प्रविधिमैत्री नगरपालिकामा लैजानका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सुरुवात गरेको जानकारी दिए । टोखा–९ बाट सुरु गरिएको उक्त प्रणालीलाई टोेखाका ११ वटै वडामा जडान गरिने उनको भनाइ थियो ।

उक्त प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपद्को समयमा एम्बुलेन्स, दमकललगायतका उपकरण पठाउन सहज हुने नगरप्रमुख अधिकारीको भनाइ छ । उक्त प्रणालीले भौगोलिक स्थान र सडकको दूरीका आधारमा प्रत्येक घरलाई छुट्टै विशिष्ट पहिचान (घर नम्बर) प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सूचना शाखा प्रमुख वसन्त पाठकले मेट्रिक ठेगाना प्रणालीमा सम्बन्धित सडकको सुरु विन्दुबाट घर कति दूरीमा छ, सोही आधारमा घरको ठेगाना निर्धारण गरिने बताए । यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई कुनै पनि घर वा भवन सजिलै पत्ता लगाउन सहज हुनेछ ।

तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार टोखाभित्र २८ हजार ६४६ भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर सडक लम्बाइको नक्साङ्कन गरिएको छ । टोखामा २६ हजारभन्दा बढी घर भए पनि तत्कालका लागि १९ हजार घरमा उक्त प्रणाली लागू गरिने नगरप्रमुख अधिकारीले बताए ।

उक्त प्रणाली जडान भएसँगै एम्बुलेन्स, दमकल र प्रहरीलाई सम्बन्धित घरसम्म समयमै पुग्न सजिलो हुने, नक्सापास, राजस्व सङ्कलन र विपद् व्यवस्थापन जस्ता सेवाहरूलाई एकीकृत गरी थप प्रभावकारी बनाउन सहज हुने बताइएको छ । यसैगरी, व्यवसायीका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनुका साथै सामान डेलिभरी गर्न सहज हुनेछ ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्नका लागि यस्ता प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ४६ बजे

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को