सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ | Khabarhub Khabarhub

सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेका छन् ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ’ नीलो स्कार्फसहित प्रतिनिधिसभा बैठकमा पुगेका रास्वपा सांसदहरूतिर लक्षित गर्दै उनले भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले रास्वपाका सांसदहरूलाई चेतावनी दिएर सभामुख घिमिरेले निष्काशन गर्नुपर्ने बताए । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ’, उनले भने, ‘यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २५ बजे

प्राधिकरणसामु ईप्पानले राख्यो ११ बुँदे माग, हितेन्द्रले भने- सञ्चालक समितिमा प्रस्ताव लैजान्छु

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले नेपाल विद्युत् प्राधिकरणका

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित

बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ

ढाका- बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८०