बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन  « Khabarhub

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा जारी सिप मेलाको अवलोकन गरेका छन् । सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले उनले प्रशिक्षणका क्षेत्र, पेशा, पाठ्यक्रम र अहिलेसम्म प्राप्त उपलब्धीबारे जानकारी गराएका छन् । 

मेला अवलोकनका क्रममा राजदूत फेनले प्रशिक्षणका लागि प्रशिक्षकको क्रियाकलाप, प्रशिक्षार्थीहरुको रुचि, प्रशिक्षणबाट उत्पादन भएका बस्तु तथा सामग्रीका बारेमा रुचिपूर्वक जानकारी लिएका थिए । 

अवलोकन पछि उनले भने, ‘उद्योग, उद्यम, रोजगारीका अवसरका लागि सिप मेला वृहत् अनुभूति भयो । यो ठूलो र महत्वपूर्ण काम हो । महानगरपालिकाको यो प्रयास सराहनीय छ ।’ 

उनले आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक रहेको पनि बताए । ‘सिप मेलाले साझेदारीको सम्भावनालाई अझ व्यापक बनाएको छ,’ राजदूत फेनले भने, ‘हामी आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक छौँ ।’

संयोजक झाले बहिरा अपाङ्गता भएका व्यक्ति, अटिजम, डाउन सिन्ड्रोम भएका बालबालिकाहरूका लागि सहजकर्ता तालिम मेलाको मुख्य विशेषता भएको बताए ।

 ‘मेला समावेशी र पहुँचयुक्त छ । यसबाट प्राप्त हुने नतिजाले दिगो विकासमा सघाउँछ,’ उनले भने । 

सचिवालय सल्लाहकार गिरीले मेला एकै ठाउँमा रैथाने र परम्परागत सिपदेखि अत्याधुनिक सिप विकास भइरहेको जानकारी दिए । सामान्य लेखपढ गर्नेदेखि औपचारिक योग्यता हासिल गरेका व्यक्तिहरूका लागि रुचिअनुसारका प्रशिक्षण चलाउनु मेलाको महत्वपूर्ण पक्ष भएको बताए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : १४ बजे

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये