जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा « Khabarhub

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन क्यानाडा पुगेका छन् । प्रधानमन्त्री मोदी क्यानाडाको कालगरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

जी ७ को सम्मेलन अल्बेर्टा प्रान्तको कानानास्किस नामक गाउँमा आयोजना भइरहेको छ । सन् २०१५ पछि भारतीय प्रधानमन्त्रीले पहिलो पटक क्यानाडाको भ्रमण गरेका हुन् ।

मोदीलाई जी ७ को शिखर सम्मेलनमा सहभागी हुन क्यानाडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले औपचारिक निम्तो पठाएका थिए । पछिल्लो समय क्यानाडा र भारतबीच सम्बन्ध चिसिएको बताइएका बेला प्रधानमन्त्री मोदी क्यानाडा पुगेका हुन् ।

क्यानाडामा रहँदा प्रधानमन्त्री मोदीले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने र महत्वपूर्ण विषयमा छलफल गर्ने जनाइएको छ । यससँगै उनले हालै भारतले पाकिस्तानी भूमिमा सञ्चालन गरेको अपरेशन सिन्दुरबारे पनि अन्तर्राष्ट्रिय नेताहरुलाई जानकारी दिने एनडीटीभीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका