टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै « Khabarhub

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तलाई महत्त्वका साथ हेरिएको छ।

पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। त्रिकोणात्मक सिरिजका दुईदुई खेल सकिँदा तीन टिमले एक जित र एक हार भोगेका छन्। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेदरल्यान्डले दोस्रो खेलमा नेपाललाई सुपर ओभरमा हराएको हो। स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ।

रनरेटका आधारमा आयोजक स्कटल्यान्ड सिरिजको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र नेदरल्यान्ड तेस्रो स्थानमा छन्। बुधबार स्कटल्यान्डसँग नेदरल्यान्डसले प्रतिस्पर्धा गर्दैछ। नेपालले भने बिहीबार र शुक्रबार लगातार दुई खेल खेल्ने छ। बिहीबार नेदरल्यान्ड्सको सामना गर्न लागेको नेपालले अन्तिम खेलमा शुक्रबार आयोजक स्कटल्यान्डको सामना गर्नेछ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हराएको छ।

अब हुने तीन खेलले सिरिजको उपाधिको टुंगो लाग्ने छ। ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ। अघिल्लो खेल रोचक बनेकाले धेरैले नेदरल्यान्ड्सँगको नेपालको दोस्रो खेलको प्रतिक्षा गरेका छन्।

नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७:४५ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीले अवसर पाइरहेका छन्। यो सिरिजका दुई खेलमा आशिफ र आरिफ शेख दाजुभाइसँगै भीम सार्कीलाई समेत बेन्चमा राखिएको छ।

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो । लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ५३ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा