एक हजार घुस लिएको आरोपमा आत्महत्या | Khabarhub Khabarhub

एक हजार घुस लिएको आरोपमा आत्महत्या


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले मंगलबार आत्महत्या गरेका छन् ।

अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।

कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असारमा रु एक हजार लिँदै गरेको सिसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाएको थियो । अख्तियारले बोलाएपछि कार्यालय पुगेका उनलाई कार्यालयबाटै गत साउन २२ गते पक्राउ गरी थुनामा राखिएको थियो ।

अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।

गत माघ महिनामा बुबाको निधन भएका सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकैवर्षमा दुईपटक शोक परेको छ । सुवेदीकी श्रीमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा रहेको आफन्तको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ०० बजे

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ