गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर ‘अलबिदा’ भन्दै सम्पर्कविहीन भए ।
उक्त स्टाटसमा उनले आफूले जागिरे जीवन शुरु गरेदेखि सरकारी सेवामा प्रवेश गरेको र सरुवा बढुवाका क्रममा हुने सेटिङ र आफूले भोग्नुपरेको दुःख कष्टको नालीबेली तथा त्यस्ता काममा लागेका व्यक्तिहरूको नाम नै किटान गरेका थिए ।
उनको त्यो स्ट्याटस एकाएक चर्चामा आयो र उनको खोजी गर्दै जाँदा सम्पर्कविहीन भएको केही घण्टामै सकुशल उद्धार गर्न प्रहरी सफल भयो । त्यसपश्चात गृहमन्त्री रमेश लेखकले समेत उनलाई भेटेर सत्य तथ्य बुझे ।
यो घटना सेलाउन नपाउँदै दाङका देवीराम कुसारीले स्वास्थ्य मन्त्रालयबाट पाउनुपर्ने एउटा सिफारिसको लागि ५ दिनसम्म धाउँदा पनि नपाएको भन्दै फेसबुकमार्फत खुलापत्र लेखे । भोलिपल्टै मन्त्रालयले आफैँ बोलाएर सिफारिस बनाइदिएको उनले बताए ।
दाङको दंगिशरण गाउँपालिका २ बंगलापुरका कुसारी जो दुर्घटनामा मृत्यु भएका बहिनी ज्वाइँको मृत्यु पछि बहिनीले पाउने पेन्सन बापतको सेवा सुविधाको लागि सिफारिस लिन बहिनी र भाञ्जाभाञ्जी सहित काठमाडौं आए ।

स्वास्थ्य मन्त्रालयमा लामो समय धाउँदा पनि काम नबनेपछि दिक्क बनेका कुसारीले सामाजिक सञ्जालमा दुखेसो पोख्दै स्वास्थ्यमन्त्रीलाई खुलापत्र लेखे । त्यसपछि मन्त्रालय आफैँले बोलाएर कार्यालय खुल्दा नखुल्दै उनको काम फत्ते गरिदियो ।
रुकुमको सानीभेरी गाउँपालिका ६ रुकुम पश्चिमको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सहायक स्तर पाँचौँ तह सिनियर अहेव पदमा कार्यरत उनका ज्वाइँ नरबहादुर खत्री कार्यालयकै कामको सिलसिलामा २०८१ चैत ११ गते अटो दुर्घटनामा परी घाइते भएका थिए ।
उपचारमा झण्डै १८ लाख खर्च भयो । यद्यपि ज्यान बचेन । चैत्र २३ गते उपचारका क्रममा उनको मृत्यु भयो । खबरहबसँग कुसारीले भने ज्वाइँको मृत्यु पश्चात् बहिनीको नाममा सञ्चय कोष हुने रहेछ । सञ्चय कोष, नागरिक लगानी कोष र किताब खानाको लागि मन्त्रालयको सिफारिस चाहिएको थियो ।
जसको लागि मलाई ठूलै युद्ध लड्नुपर्यो । लगातार ५ दिनसम्म धाउँदा सचिव मिटिङमा हुनुहुन्छ भन्दै फर्काइयो । त्यसपछि दिक्क भएर फेसबुकमा लेख्न बाध्य भएँ ।
अहिले आफैँ बोलाएर मन्त्रालयबाट हुनुपर्ने काम भयो । अन्य काम बाँकी नै रहेको उनले बताए । बहिनी भाञ्जा भाञ्जी र आफू गरेर ४ जना विगत ८–९ दिनदेखि दैनिक विभिन्न सरकारी कार्यालयहरूमा धाइरहेका छौँ । बच्चाहरूको पढाइ चौपट भइरहेको छ । त्यसबाहेक खर्च व्यवस्थापनको समस्या परेको उनले दुखेसो गरे ।
एउटा सरकारी कर्मचारीको परिवारले पाउने सेवा पाउन हामी जस्ता पढेलेखेका मान्छेहरूले यस्तो सास्ती खेप्नुपर्छ भने झन् सोझा साझा सामान्य मान्छेहरूले कसरी सेवा लिन सक्छन् होला ? उनले प्रश्न गरे ।

आफूले केही समय स्थानीय तहमा अस्थायी करार सेवामा काम गरेको अनुभव सुनाउँदै कुसारीले भने, फाइलिङ, निवेदन लगायतका सरकारी कार्यालयहरूको कामको बारेमा धेरथोर मलाई जानकारी छ र त मैले यति दुःख र सास्ती व्यहोर्नुपरेको छ भने झन् दुर्गम गाउँबाट आएका सामान्य किसानले सरकारी काम गर्नुपर्दा कसरी गर्छन् होला ?
जंगलमा सिकार गर्ने बाघसँग भन्दा धेरै जनतालाई खाने बाघसँग डराउनुपर्ने अवस्था रहेको उनले बताए । अरु पनि सरकारी ‘कामहरू बाँकी नै छन् थाहा छैन के कति दुःख पाइने हो ।,’ उनले भने ।
मन्त्री ज्यु, कहिले सुधार हुन्छ ?
मन्त्री ज्यू, नमस्कार ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौं ।
मन्त्री ज्यू, मेरो नाम देविराम कुसारी हो । मेरो ठेगाना दंगिशरण गाउँपालिका २ बंगलापुर दाङ हो । मेरो पूर्व पेसा पत्रकारिता हो, नढाँटेर भन्नु पर्दा सरल पत्रकारिता गरेर बाच्न नसके पछि अहिले होटेल गरेर जिविकोपार्जन गरिरहेको छु । धेरै भूमिका नबाँधी सिधै विषय तर्फ लागौँ । सानीभेरी गाउँपालिका ६ रुकुम पश्चिमको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सहायक स्तर पाँचौँ तह सिनियर अहेव पदमा कार्यरत मेरो जेठो बहिनी ज्वाइँ नरबहादुर खत्री कार्यालयकै कामको सिलसिलामा २०८१–१२–११ गते दिन अटो दुर्घटामा परी घाइते हुनुभयो । उहाँलाई बचाउन हामीले करिवन १८ लाख खर्च गरियौँ तर हामी असफल भयौँ । फलतः ज्वाइँको चैत्र २३ गते मृत्यु भयो । ज्वाइँको मृत्यु पश्चात् पाउने सेवा सुविधाका लागि नाबालक एक भान्जा, एक भान्जी र कलिली बेधुवा बहिनिलाई पछि लगाएर काठमाडौंका गल्ली र मन्त्रालय धाउन थालेका ५ दिन भयो । राज्य वाट पाउने सेवा सुविधाको लागि आवश्यक पर्ने सिफारिसका लागि हजुरको मन्त्रालय धाएर अनुरोध गर्न थालेको पनि आज ५ दिन भयो काम भइरहेको छ भन्ने आश्वासन पाएका छौ तर अन्य निकायमा यहाँको सिफारिस विना अगाडी बढ्न सकिएको छैन । एका तिर मृत्युको पिडा, घर गृहस्थी कसरी चलाउने बलियो आधार नभएको अवस्था, साना नाबालकको पढाई रोकिएको अवस्था, काठमाडौंको दैनिक खर्च व्यवस्थापनको समस्याले हामी थिलोथिलो भएका छौँ ।
यस्तो अवस्था, त्यसमा पनि मन्त्रालय मातहतकै आफ्नै कर्मचारी, अझ मृत्यु यो भन्दा विपत्ति के हुन्छ हामी अनविज्ञ छौँ । यस्तो खालको काम त एक दिन हैन एकै घण्टामा हुनुपर्ने हैन र रु हजुर त जुझारु युवा परिवर्तनको हुटहुटी बोकेको मन्त्री, मलाई आशा पनि थियो दाङमा हजुर प्रमुख अतिथि भएका कार्यक्रम मैले सञ्चालन गर्दा हजुरका भनाइले शरीरमा झिरीङ् काडा उम्रेका थिए तर अहिले थिलोथिलो परेर शरिरै शिथिल भएको छ । मन्त्रालय बाटिकाको पेटिमा लखतरान सुतेका भान्जा भान्जीलाई हेरै, बिधवा बहिनिको मलिन अनुहार हेरे मन भक्कानियो पुर्वतिरको रुखको ९नाम थाहा भएन त्यसको जरामा माहुरी छ ओत लागेर पल्टे, रेकड फाईलले मुख छोपेर मज्जाले बलिन्द्र आँसु झारेर रोए, केटाकेटिले थाहा पाउलान् भन्ने डरले जुरुक्क उठे आँसु पुछ्दै फेरी कानुन शाखामा पसे सोधे –सर अझै पनि का भएन रु छैन सहसचिव ज्यु मिटिङमा जानुभयो भन्ने जवाफ पाए । जेठ २८ गते आए कागजातका बारेमा बुझे, २९ गते सबै कागजात सहित मन्त्रालय पुगियौँ तर काम भएन, १ गते आयौ फाइल बढिरा छ भनेर फर्काइयो २ गते आयौँ सह–सचिव हुनुहुँदैन भनेर फर्काइयो, आज ३ गते आउँदा पनि कामले पुर्णता पाएन सचिव ज्यू हुनुहुन्न भनेर फर्काईयो , प्रत्येक दिन सर मिटिङमा भनेर पर्खाउने र फर्काउने गरिन्छ । मेरो सतही बुझाई थियो कि हामी पिडामा छौँ र त्यहाँ उच्च ओहोदामा आफ्नै जिल्लावासी हुनुहुन्छ त्यसकारण पनि ढिला हुँदैन होला।डाक्टर विकास देवकोटालाई मैले बुझेअनुसार चुस्तता भएको व्यक्ति हो उहाँले हाँकेको कार्यलयमा कसो सेवा छिटो नपाईएला र भन्ने लागेको थियो तर उल्टो भयो । काठमाडौंमा साना नावलकसँग दैनिक खर्च ५ देखी ८ हजार सम्म आउँछ, हामी ब्यखर्चि हुन थाल्यौँ ।यो ढिलासुस्तीले मेरा मनमा अनेकन प्रश्न उब्जिए किन यस्तो सास्ती दिएको होला ? यो पत्र हजुरलाई गिराउन र चिढ्याउन हैन बास हामी सुधार चाहेका छौ । अब भन्नुहोस् मन्त्री ज्यू यो अवस्था कहिले सुधार हुन्छ ?
प्रतिक्रिया