ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन्  « Khabarhub

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । उनले इजरायलसँगको जारी युद्धका क्रममा अमेरिकाको सैन्य हस्तक्षेपलाई अपूर्णनीय क्षतिका रुपमा दिइने बताएका छन् । 

खामेनीका तर्फबट जारी बयानमा भनिएको छ,  ‘अमेरिकाको कुनै पनि किसिमको सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका रूपमा दिइने छ ।’ उनले इरानको आत्मसमर्पण गर्ने नभएको पनि बताएका छन् ।

‘जो इरान, इरानी नागरिक र इरानको इतिहासबारे जानकारले कहिल्यै पनि यो देशसँग धम्कीको भाषामा कुरा गर्दैनन्,’ सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘किनकी इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् ।’

यसअघि मंगलबार राती ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेर बसेका छन् भन्ने बारे हामीलाई राम्रोसँग थाहा छ । उनी एउटा सहज निशानामा छन् । तर तत्कालका लागि सुरक्षित छन् ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका