आफूखुशी मूल्य बढाए कारवाही गरिने « Khabarhub

आफूखुशी मूल्य बढाए कारवाही गरिने


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिए ।

नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए ।

कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे कानूनअनुसार स्थानीय सरकारले कारवाही गर्ने उनले बताए ।

उनले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शून्यमा झार्न स्थानीय प्रहरी, प्रशासन, व्यवसायी सबै एक भएर लाग्न आग्रह गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर कारोवारीले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्ने हुँदा यसलाई निरुत्साहित पार्न स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पारेको जानकारी दिए ।

उनले चाडपर्वका बखत खरीदकर्ताको भीडभाड निक्कै ठूलो हुने भएकाले कारोवारीले हरेक वस्तुमा आफुखुशी मूल्यवृद्घि गर्ने परम्पराको अन्त्य गर्न पनि यस्ता बेलामा अनुगमन बाक्लो हुने गरेको जानकारी गराए ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीले आफ्ना फार्म सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ०९ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा