टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ « Khabarhub

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन् ।

तिवारीले अस्पतालभित्रै ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको दृश्य सिसीटिभीमा कैद भएको थियो । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो ।

कुटपिटपछि बजगाईंले आफूलाई कारबाहीको माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईसमक्ष निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अस्पतालले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको हो ।

प्रारम्भिक जानकारीअनुसार अस्पतालले केही दिनअघि ल्याबका सामग्री खरिद गरेको विषयलाई लिएर तिवारीले ल्याब इन्चार्जसहित केही कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार तिवारीको कार्यकक्षमा छलफल भइरहेका बेला उनले बजगाईं र मेडिकल सुपरिटेन्डेन्टमाथि अपमानजनक शब्द प्रयोग गरेको स्रोतको दाबी छ । त्यसपछि आफ्नो कार्यकक्षतर्फ गएका बजगाईंमाथि तिवारीले पछ्याएर कुटपिट गरेको बताइएको छ ।

बजगाईंले बिना कारण गालीगलौज र दुर्व्यवहार गरेपछि आफू त्यहाँबाट निस्किएको र पछि कार्यकक्षमै आएर तिवारीले कुटपिट गरेको बताएका छन् । घटनाको छानबिनका लागि टीकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिले छुट्टै छानबिन समिति गठन गरेको छ । 

प्रहरीले तिवारीलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  २ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको