असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए  | Khabarhub Khabarhub

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाली युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केका छन् ।

बशर अल असदलाई सत्ताच्युत गरिएपछि आफ्नो देशको युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केको बिहीबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका प्रमुख फिलिप्पो ग्रान्डीले बताएका छन् ।
 
सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सुरु भएको सिरियाली गृहयुद्धले आधा जनसङ्ख्यालाई आन्तरिक वा बाह्य रूपमा विस्थापित गरेको थियो ।
 
गत बर्षको डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकको पुनः आगमनको आशा जागेको छ । 
 
‘डिसेम्बरयता २० लाखभन्दा बढी सिरियाली शरणार्थी र विस्थापितहरू घर फर्केका छन्,’ ग्रान्डीले छिमेकी लेबनानको भ्रमणका क्रममा एक्समा लेखेका छन् ।

उनले भने, ‘बढ्दो क्षेत्रीय तनावका बीच यो आशाको संकेत हो ।’
 
 चौध वर्षको युद्धपछि फर्केका थुप्रै मानिसहरूले आफ्नो घर र सम्पत्ति नराम्ररी बिग्रिएको वा नष्ट भएको वास्तविकताको सामना गर्नुपरेको छ।
 
हालै सिरियामाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध हटेसँगै नयाँ अधिकारीहरूले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन्, जसमा संयुक्त राष्ट्रसङ्घले ४०० अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।
 
यसै महिनाको सुरुमा यूएनएचसीआरले सन् २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख सिरियाली र आन्तरिक रुपमा विस्थापित २० लाख व्यक्ति फर्कन सक्ने अनुमान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ०५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको