भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाको कुनै भूमिका छैन : मोदी « Khabarhub

भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाको कुनै भूमिका छैन : मोदी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाले कुनै भूमिका नखेलेको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले यसबारे प्रष्टोक्ति दिएका हुन् ।

जी ७ को शिखर सम्मेलनका क्रममा क्यानाडा पुगेका प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा ३५ मिनेट कुराकानी गरेका थिए । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको पनि निम्तो दिएको भारतीय विदेश सचिव विक्रम मिश्रीले जनाएका छन् ।

यद्यपि समय अभावका कारण मोदी अमेरिका जान नपाएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । यसअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको बदलास्वरुप भारतले पाकिस्तानी भूमिमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी सैन्य कारवाही सञ्चालन गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन सिन्दुर नाम दिइएको सो कारवाही आफ्नो मध्यस्थतामा रोकिएको दाबी गर्दै आएका छन् । भारतीय पक्षले भने युद्धविराम गर्ने निर्णयमा अमेरिकाको कुनै भूमिका नरहेको बताउँछ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल