जी ७ शिखर सम्मेलनमा मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याउँछ : कार्नी « Khabarhub

जी ७ शिखर सम्मेलनमा मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याउँछ : कार्नी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीले भारतीय अर्थतन्त्र र नेतृत्वको गतिशीलता र आकार प्रष्ट्याएको बताएका छन् । जी ७ शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री कार्नीले यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्रीका रुपमा मोदीले सन् २०१८ यता आयोजित जी ७ को हरेक शिखर सम्मेलनमा सहभागिता जनाएको उल्लेख गर्दै कार्नीले यसबाट विश्व मञ्चमा भारतीय नेतृत्वको गतिशिलता र आकार स्पष्ट भएको बताए । उनले प्रधानमन्त्री मोदीले अर्को वर्ष आयोजना हुने जी ७ को शिखर सम्मेलनमा पनि सहभागिता जनाउने विश्वास व्यक्त गरे ।

जी ७ को शिखर सम्मेलनमा सहभागी हुन क्यानाडा पुगेका मोदी र कार्नीबीच द्विपक्षीय भेटवार्ता पनि भएको थियो । मोदीसँगको भेटवार्ता महत्वपूर्ण भएको कार्नीको भनाइ छ ।

पछिल्लो समय द्विपक्षीय सम्बन्धमा आएको समस्यालाई समाधान गर्ने प्रयासस्वरुप दुई मुलुकले उच्चायुक्तको नियुक्ति गर्ने पनि सहमती गरेका छन् । क्यानाडामा खलिस्तान समर्थक नेताको हत्या भएपछि दुई मुलुकबीच सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : २० बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको