गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नवलपुरले कास्कीलाई पाँच विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर फाइनलमा स्थान बनाएको हो । नवलपुरले अब उपाधिका लागि शुक्रबार समूह ‘ए’ को विजेता स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’ मा नवलपुर, कास्की र पर्वतले समान दुईरदुई खेल जित हात पारेर समान चार/चार अङ्क भए पनि ‘रनरेट’का आधारमा नवलपुर शीर्षस्थानमा उक्लदै फाइनलमा पुगेको हो ।खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४८ रन बनायो ।

कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले दुई/दुई विकेट लिए भने सुदीप अर्यालले एक विकेट लिए ।

जितका लागि १४९ रनको लक्ष्य पछ्याएको नवलपुरले १५ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । अविजित पौडेलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।

यसैगरी रिजन काफ्ले ३७, सुदीप अर्यालले २१ र कमल परियारले छ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा चार विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए ।

यसैगरी आज नै सम्पन्न लिग चरणअन्तर्गत पर्वत र गोरखाबीचको खेलमा पर्वत विजयी भएको छ । पर्वतले ४९ रनले गोरखालाई हराउँदै सान्त्वना जित निकाल्न सफल भयो ।

टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ४८ रनको योगफल तयार ग(यो । खेलमा जितका लागि १४९ रनको लक्ष्य पछ्याएको गोरखाले १७ ओभरमा ९९ रन मात्र बनाउन सफल भयो ।

प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : १६ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण