चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट | Khabarhub Khabarhub

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख ७ रन बनाएर आउट भएका हुन् । ६ बल खेलेका उनले एक चौका प्रहार गरे ।

चार ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ३३ रन बनाएको छ । अहिले नेपालको ओपनर कुशल भुर्तेल १४ बलमा १६ रन बनाएर खेलि रहेका छन् । उनलाई भीम सार्कीले ७ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेविटले शानदार अर्धशतक प्रहार गरेका छन् । ५३ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ८६ रन बनाए । उनलाई नेपालका करण केसीले पेभेलियनको बाटो देखाएका थिए ।

त्यस्तै रोएलफ भ्यान डेर मेर्वेले नटआउट ३६ रन बनाउँदा आर्यन दत्तले १७, साकिब जुल्फिकार १४ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : ५४ बजे

गण्डकीमा घरेलु मदिरा नियमन विधेयकः वार्षिक ६० लिटर रक्सी पार्न इजाजत नचाहिने

पोखरा – गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३

रिहा गरिनुपर्ने निवेदनपछि रविले अदालतमा बुझाए पौने ३ करोडको बैंक जमानत

काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

काठमाडौ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली