रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण « Khabarhub

रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नम्बर ५ को रुपन्देहीमा डेंगुको संक्रमण जोखिमपूर्ण बन्दै गएको छ ।

उपचारका लागि अस्पताल आउने बिरामीहरुको स्वास्थ्य जाँच गर्दा अधिकांशमा डेंगुको संक्रमण देखा पर्ने गरेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

रुपन्देहीमा डेंगुको संक्रमणबाट बच्न विभिन्न संघ संस्थाहरुले सचेतनामूलक कार्यक्रम गरेपनि त्यसको प्रभावकारिता देखिएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो (असोज १ गतेसम्मको) तथ्यांक अनुसार रुपन्देहीमा २ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको छ । महाशाखाले २ सय ३१ जनामा डेंगु देखिएको जनाए पनि जिल्लामा यो भन्दा बढी संख्यामा डेंगु संक्रमित रहेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

डेंगुका विरामीहरु वढ्न थालेपछि जिल्लास्थित अस्पतालमा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियन राधा ज्ञवालीले बताइन् ।

यसैबीच, अस्पतालमा रगतको अभाव भएपछि मंगलबार तपोभूमि वचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना