टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल | Khabarhub Khabarhub

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा १५२ रन नै बनाउँदा खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाउँदा नेदरल्यान्ड्सले समान र दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन बनाउँदा नेपालले समान रन बनाएपछि तेस्रो ओभरको पहिलो बलमा रोहित पौडेल पहिलो बल र रुपेश सिंह दुई डट खेल्दै तेस्रो बलमा आउट भएपछि नेपाल पराजित भएको थियो ।

नेपालको दोस्रो खेलमा स्कटल्यान्ड दुई विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा आठ विकेटको क्षतिमा पूरा गर्दै दुई विकेटको जित निकालेको थियो । तेस्रो खेलमा गएराति नेदरल्यान्ड्सले सात विकेटको क्षतिमा दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको क्षतिमा १८० रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।

तस्बिरः क्यान

नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२०मा डेब्यु गरेका छन्।

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो। लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ५५ बजे

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना