असार १५ पछि मात्रै जिल्ला अधिवेशन गर्न तरुण दलका अध्यक्षको निर्देशन « Khabarhub

असार १५ पछि मात्रै जिल्ला अधिवेशन गर्न तरुण दलका अध्यक्षको निर्देशन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले असार १५ गतेपछि मात्रै जिल्ला अधिवेशन गर्न निर्देशन दिएका छन् । 

अध्यक्ष विद्धान गुरुङले मातहतलाई परिपत्र गर्दै असार १५ गतेसम्म सदस्यता वितरण गरी सकेपछि मात्रै अधिवेशन गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएका हुन् । 

‘दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएका तरुण साथीहरूलाई ध्यानमा राखी २०८२ साल असार १५ गते सम्म सदस्यता वितरण गरी त्यसपछि मात्र अधिवेशन गर्न निर्देशन गरिन्छ,’ दुई बुँदे परिपत्रमा भनिएको छ । 

उनले तरुण दलको पाँचौँ महाधिवेशनका लागि जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउन र अपुग आवश्यक सदस्यता फारमहरू केन्द्रीय कार्यालयबाट लैजान पनि भनेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०० बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या