इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री « Khabarhub

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने बताएकी छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा उनले सरकार स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई उद्धार गर्ने तयारीमा रहेको बताइन् ।

बैठकमा इजरायल र इरानमा जारी युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारे छलफल भएको थियो । ‘जी टु जी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू स्वदेश फर्किन वा सुरक्षित स्थानमा जान चाहेमा सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ,’ उनले भनिन्, ‘नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ ।’

बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले श्रम मन्त्रालय पनि त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र स्वदेश फर्किन चाहनेको उद्धारका लागि सरकार तयारीमा लाग्नुपर्ने बताए । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकिराखिएको पनि बताए ।

जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गरेको थियो । मन्त्रालयले दुवै देशमा रहेका नेपालीलाई नेपाली दूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।

मन्त्रालयले जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन पनि भनेको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ०१ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव