प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह « Khabarhub

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका छन् ।  

शुक्रबार काठमाडौंमा माओवादीको विपद्‌ व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनीकरण गर्न उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन् ।

माओवादी अन्तर्गतको भातृसंगठनहरुले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्नसमेत उनले निर्देशन दिए ।

विपद् आउनु अगाडी नै पूर्वतयारी महत्त्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले बढी पहल लिन जरुरी रहेको धारणा राखे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत रहे यसले प्रभावकारी रूपमा काम गर्न सक्ने उनले बताए । 

प्रचण्डले विपद् न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, भातृसंगठन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना