रोनाल्डोको युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लियो « Khabarhub

रोनाल्डोको युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लियो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युभेन्ट्स सिरि ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  ब्रेशियालाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको चौथो मिनेटमै गोल गर्दै घरेलु टोली ब्रेशियाले अग्रता लिएको भए पनि जित निकाल्न सकेन ।

जोन चान्सलरले ४० औ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्ट्स १-१ को बराबरीमा पुगेको थियो । मिरलेम पेनामिकले ६३ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो चोटका कारण मैदानमा उत्रिएका थिएनन् । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्दै तालिकामा शीर्ष स्थान बनाएको छ ।  ब्रेशिया ६ अंक जोड्दै तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : २३ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित