इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद « Khabarhub

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली नागरिकको उद्धारमा सहयोग गर्न लागेको प्रति भारतलाई धन्यवाद दिएका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले इरानमा रहेका नेपालीलाई आफ्ना नागरिकसँगै उद्धार गर्न लागेको भन्दै भारत सरकारका प्रति आभार व्यक्त गरेका हुन् । 

‘आजमात्रै मैले एउटा समाचार पढेँ, भारत सरकारले इरानमा रहेका नेपाली नागरिकलाई भारतीयहरू सँगसँगै उद्धार गर्ने कुरा छ,’ सांसद श्रेष्ठले भने, ‘भारतीय सकारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’    

उनले इजरायल र इरानबीच जारी पछिल्लो युद्धमा नेपाली नागरिकका प्रति परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तदारुकता देखाएको भन्दै धन्यवाद दिए । 

‘केही दिनदेखि इजरायल र इरानको युद्धका कारणले त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीज्यूले जुन तदारुकताका साथ पहल गर्नुभएको छ, म हार्दिक धन्यवाद दिन चाहन्छु,’ सांसद श्रेष्ठले भने ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : १३ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक