ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा « Khabarhub

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताए । 

ब्रिटिसगोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिसगोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन कार्यक्रममा उनले ब्रिटिसगोर्खा सैनिकको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर  प्रशंसा हुने गरेको बताए । 

‘गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुऱ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको एउटा महत्वपूर्ण सम्बन्धको रूपमा गोर्खा फौज स्थापित भएको छ ‘ सभापति देउवाले भने।

उनले ब्रिटिसगोर्खा सैनिकले समान पेन्सनलगायत आफ्ना अधिकारका विषयमा आवाज उठाउँदै आएका बताउँदै उनले ब्रिटिसगोर्खा सैनिकलाई बेलायती सैनिक सरह सुविधा दिनुपर्छ भन्ने नेपाल सरकारको धारणा बेलायतका अधिकारीहरुसँग आफूले राखेको जानकारी गराए।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वको परिस्थितिअनुसार नेपालको नागरिकता दिने व्यवस्थालाई उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा बाबुको नामबाट मात्रै नभएर बच्चाले चाहेअनुसार बाबुआमाको नामबाट नागरिकता लिन सक्ने व्यवस्था भएको बताए।

पुस्तकका लेखक ज्ञवालीले ब्रिटिसगोर्खामा भर्ना भई त्यस देशको मानार्थ नागरिक भएका आधारमा नेपालको वंशजको नागरिकताबाट उनीहरूलाई वञ्चित गरिन हुँदैन भने ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ५१ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक