चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गर्दै « Khabarhub

चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गर्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गरिरहेको पाइएको छ । स्विडेनमा आधारित हतियार शोधकर्ता संस्थाले यस्तो जनाएको हो ।

स्विडेनको स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) ले हाल चीनसँग ६ सयको सङ्ख्यामा आणविक हतियार रहेको जनाएको छ । सन् २०२३ यता मात्रै चिनियाँ आणविक हतियारको सङ्ख्या १ सयले वृद्धि भएको जनाएको छ ।

आगामी दशकमा यो अझै बढ्ने सिप्रीको अपेक्षा छ । चीनले अरु मुलुकभन्दा ‘तीव्र गतिमा’ आणविक हतियारको विकास गरिरहेको सिप्रीको टिप्पणी छ ।

साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यस दशकको अन्त्यसम्म चीनको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र रुस र अमेरिकाकै तुलनामा पुग्ने समेत सिप्रीको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ३६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका