सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू) « Khabarhub

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै छ ।

करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।

करिब १८ रोपनी क्षेत्रफलमा बन्न लागेको खेल मैदान २०८१ मंसिर १३ गते काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शिलान्यास गरेकी थिइन् ।

१८ करोड ८७ लाख रुपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ । मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेन्जिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिने छन् ।

हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ । २८ वटा चारपाङ्ग्रे र १७८ वटा दुईपाङ्ग्रे सवारीको लागि पार्किङ स्थान बनाइने छ ।

बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहने छन् भने ग्राउण्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फर्स्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन् । साथै नजिकैको ५ रोपनी जमिनमा बास्केटबल, टेबल टेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ । निर्माण कार्य २०८२ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ५४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत