‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई  « Khabarhub

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान– २०२५’ बाट सम्मानित भएका छन् ।

शृङ्खलाद्वारा शनिबार काठमाडौंमा आयोजित समारोहमा उनी पुरस्कृत तथा सम्मानित भएका हुन् । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५५ हजार पाँच सय पाँच रुपैयाँसहित सम्मान गरे ।

समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । शशीले देश विदेशमा रहेका कवि तथा लेखकहरूलाई विभिन्न माध्यमबाट स्थापित गराउन महत्वपूर्ण सहयोग गरी विशिष्ट योगदान दिएको भन्दै प्रशंसा गरे ।

प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए । 

उनले भने, ‘कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ ।’

समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक/साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको, तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।

शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवर्धन निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ४१ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको