‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार' शशी लुमुम्बूलाई  | Khabarhub Khabarhub

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान– २०२५’ बाट सम्मानित भएका छन् ।

शृङ्खलाद्वारा शनिबार काठमाडौंमा आयोजित समारोहमा उनी पुरस्कृत तथा सम्मानित भएका हुन् । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५५ हजार पाँच सय पाँच रुपैयाँसहित सम्मान गरे ।

समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । शशीले देश विदेशमा रहेका कवि तथा लेखकहरूलाई विभिन्न माध्यमबाट स्थापित गराउन महत्वपूर्ण सहयोग गरी विशिष्ट योगदान दिएको भन्दै प्रशंसा गरे ।

प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए । 

उनले भने, ‘कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ ।’

समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक/साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको, तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।

शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवर्धन निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ४१ बजे

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले