शर्लिन चोपडाको सनसनीपूर्ण खुलासा, रामगोपाल बर्माले पठाएका थिए अश्लील भिडियो | Khabarhub Khabarhub

शर्लिन चोपडाको सनसनीपूर्ण खुलासा, रामगोपाल बर्माले पठाएका थिए अश्लील भिडियो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार तथा मोडल शर्लिन चोपडा आफ्नो हट अवतारका कारण चर्चामा रहने गर्छिन् । पछिल्लो समय भने उनी अर्को कारण पनि चर्चामा छिन् । एक अन्तर्वार्ताका क्रममा शर्लिनले निर्देशक तथा निर्माता रामगोपाल बर्मासँग जोडिएको एक अपत्यारिलो खुलासा गरेकी छिन् ।

शर्लिनले रामगोपालले आफूलाई एडल्ट फिल्मको प्रपोज गर्दै अश्लील भिडियो पठाएको खुलाइन् । उनको यो बयानले बलिउडमा तहल्का मच्चाएको छ ।

‘यो २०१६ को कुरा हो, मैले रामगोपाल वर्माको ह्वाटसएपमा एउटा म्यासेज गरेकी थिएँ, मैले आफ्नो तस्वीर पनि पठाएकी थिएँ र सर के म तपाईंको आगामी फिल्ममा काम गर्न सक्छु,’ शर्लिनले भनिन्, ‘उनले एक स्किृप्ट पठाए र पढेर प्रतिक्रिया दिन भने ।’

शर्लिनले उक्त स्किृप्ट पढेपछि फिल्ममा सबै सेक्स सिन भएको र कहानी नभएको प्रतिक्रिया दिएको बताइन् । ‘उनले अहिले यही भएको र सहमत भए बनाउन भने,’ उनले भनिन् ।

शर्लिनले अगाडि थपिन्, ‘सर यस्तो पनि कहाँ हुन्छ, एउटा राजा र रानी हुन्छ, यी दुवैका बीच सम्भोग हुन्छ, कहानी सकिन्छ, यस्तो कसरी हुन्छ भन्दै मैले सोधेँ ।’

लगत्तै सेक्समा आफूले पीएजीडी नगरेको र आफू एक्सपर्ट नभएको भन्दै इन्कार गरेको समेत शर्लिनले बताइन् ।

शर्लिनले रामगोपाल वर्माले आफूलाई अश्लील भिडियो पठाएर मान्छे या जनावर सबैले यसो गर्ने र प्राकृतिक रुपमा सबैले आनन्द लिने भन्दै टिप्पणी गरेको प्रतिक्रिया दिएको पनि बताइन् । त्यसपछि आफूले ती फिल्ममेकरसँग दूरी बढाएको शर्लिनले बताइन् ।

शर्लिनको आरोपमा रामगोपाल बर्माको भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ५९ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन