अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते « Khabarhub

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए) का समर्थकहरूबीच भएको भागदौडमा परेर तीन जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन् ।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि सुरुमा एक जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो । तर आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रो पटक राष्ट्रिय उपाधि जितेको खुशीयालीमा समर्थकहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए । तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो ।

खेल ५ जुलाइ रंगशाला मा भएको थियो, जहाँ एम।सी।ए। र एन।सी। माग्रा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । यो दुःखद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : १७ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि