चिया निर्यात ४० प्रतिशतले बढ्यो « Khabarhub

चिया निर्यात ४० प्रतिशतले बढ्यो


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : १० बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि