रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन् « Khabarhub

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले मानव तस्करी मानवताविरुद्धको घोर अपमान रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो जघन्य अपराध सरकारकै संरक्षणमा भइरहेको आरोप लगाए ।

उनले यस्तो गम्भीर अपराधमा पनि दुई ठूला दल मिलेर बनेको सरकार मौन बस्नुले उसैकै संलग्नता पुष्टि गर्ने बताएका छन् ।

‘मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा बेचबिखन गर्ने तस्करी यो अपराधमात्रै होइन, मानवताको घोर अपमान हो’, उनले भने, ‘यो र्‍याकेट नेपालमै बसेर राज्यको संरक्षणमा सञ्चालित छ । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको साटो राज्य नै बचाउन लागेको छ । यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूलो दलको सरकार किन मौन छ ? यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ? कि यो तपाईंहरूको लाचारीपनको संकेत हो ?’

नेता नेपालीले आफूहरू कुनै दल र नेताको विरोधमा नभएर मानव तस्करीविरुद्ध रहेको बताए । नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउने छुट कसैलाई नरहेको उनले बताए ।

सरकारले तत्कालै उच्चस्तरीय संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने उनले माग गरे ।

सरकारले आफूहरुको आवाजलाई दबाउने र शक्ति देखाउने खेल बन्द गर्नुपर्ने उनले बताए । आफूहरूको माग प्रष्ट रहेको बताउँदै सदन बहिस्कार जारी राख्ने जानकारी दिए ।

‘हामी कुनै दल वा नेताको विरोधमा होइनौँ। हामी राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढरुपमा उभिएका छौँ’, उनले भने, ‘मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध हाम्रो अडान स्पष्ट छ । तर, जनताको पक्षमा बोलेको भन्दै हाम्रो दबाउने र धम्क्याउने काम भइरहेको छ । सरकारले अब जनताको मुद्दा उठाउनु अपराध मान्न थालेको हो ?’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : २४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री