सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु « Khabarhub

सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा विद्युत्को तार सही तरिकाले नजोड्दा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी मृतकको शव उठाउने काम गरिइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । 

वडाध्यक्ष महतोका अनुसार गत वर्ष पनि सोही गाउँमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो । उनले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे जानकारी कम रहेकाले पम्प प्रयोग वा मर्मत गर्दा सावधानी नअपनाउने, नाङ्गो तार छोप्ने, जमिनमै ‘प्लग’ राख्ने जस्ता कार्यले विशेषगरी वर्षायाममा अकालमा ज्यान गुमाउने क्रम बढिरहेको बताए।

घटनापछि विद्युत् सुरक्षाको सवालमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको भन्दै स्थानीयवासीले पनि सरोकारवाला निकायसँग तत्काल ध्यान दिन माग गरेका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ५६ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार