विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको पचरौता नगरपालिका-२ बिसनपुर बस्ने ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौली बस्ने १८ वर्षीय प्रदिप लोधको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै घरमा विद्युतीय पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : १७ बजे

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको

मनै लोभ्याउने पुनहिल

गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय