म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका « Khabarhub

म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका एकजना सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातिदिएका छन् ।

माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालय बजेटमाथिको छलफलका क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातिदिएका हुन् ।

उनले म्याग्दीमा साढे तीन करोडका नयाँ योजना छानिएको पनि नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै बजेटमा राखिएको दाबी गरे ।

म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका नेताहरू प्रदेशसभा सदस्यका रुपमा छन् । प्रदेशसभा सदस्य जुग्जालीले दुई वर्षसम्म म्याग्दीलाई अन्याय गरिएको गुनासो गरे ।

उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि बोलाएका छन् ।

‘भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीयज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस्’, उनले भने, ‘दुई वर्ष म्याग्दीलाई अन्याय भएकाले यो बजेटको कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु ।’

उनी बजेटका नाममा आफ्नो जिल्लालाई अन्याय गरिएको भन्दै आपत्ति जनाए । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरूले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्रीज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन, च्यात्न चाहन्छु ।’

जुग्जालीले बजेटलाई लिएर सत्ता पक्ष पनि उकुसमुकुस रहेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले अगाडि भनेका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ४६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री