बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना | Khabarhub Khabarhub

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

१६औं नगर सभामा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै उपप्रमुख नन्दकुमारी सुनुवारले ११ वटा वडा रहेको नगरमा ८० लाख रुपैयाँको सिलिङ बजेट तोकिएको बताइन् । यस्तै नगरतर्फको पुँजीगत बजेट २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । नगरको चालु खर्च भने १५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

आन्तरिक आय लगातार अधोगतितर्फ गइरहेको नगरपालिकाले आगामी आवका लागि ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ आन्तरिक आय उठाउने अनुमान गरेको छ ।
 
आव २०७७-७८ मा १५ करोड ५१ लाख रहेको आन्तरिक आय आव २०७८-७९ मा २६ करोड ५८ लाख पुगेको थियो । त्यसदेखि यता आन्तरिक आय लगातार घट्दै गइरहेको छ । आव २०७९-८० मा आइपुग्दा ९ करोडमा घटेको आन्तरिक आय २०८०-८१ मा ६ करोड ३५ लाखमा झरेको थियो ।

२०८१-८२ मा ४ करोड ३० लाख १५ हजार १ सय ११ रुपैयाँ मात्र यथार्थ आम्दानी गर्न सकेको छ । नगरले  चालू आवमा ७ करोड ३५ लाख रुपैयाँ राजस्व उठाउने प्रक्षेपण गरिएकामा ५८.५२ प्रतिशत मात्र राजस्व प्राप्त गरेको हो ।

नगरपालिकाले चालु तथा पुँजीगत गरी ४७ करोड १ लाख रुपैयाँ संघीय सशर्त अनुदान प्राप्त गरेको छ । संघबाट ७५ लाख रुपैयाँ विशेष अनुदान पाएको बराहक्षेत्रले ३ करोड ४१ लाख रुपैयाँ समपूरक अनुदान प्राप्त गरेको छ  । संघबाट १९ करोड ३४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ भने राजस्व बाँडफाँडअन्तर्गत १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त गरेको छ ।

प्रदेश अनुदानअन्तर्गत वित्तीय समानीकरण शीर्षकमा १ करोड ८२ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ३० लाख ५६ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ र राजस्व बाँडफाँडअन्तर्गत १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

संघ तथा प्रदेशबाट चालु आवमा ७२ करोड ७८ लाख ४३ हजार २ सय ५६ रुपैयाँ प्राप्त गरेको  यथार्थ आयको ७९।८२ प्रतिशत खर्च भएको बताइन् ।

नीति तथा कार्यक्रमबाटै ‘आउट’ कृषि एम्बुलेन्स

चालु आर्थिक वर्षमा कृषकलाई राहत दिने उद्देश्यले ल्याइएको कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति कार्यक्रमबाटै ‘आउट’ गरिएको छ ।

सञ्चारमाध्यमले महत्वका साथ प्रकाशन गरेको नीति नै कार्यक्रमबाट निकालिएको हो । नगरको समृद्धिका लागि निर्धारण गरिएको क्षेत्र कृषि क्षेत्रकै महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन नगरी नीतिबाटै निकालिएको हो ।

महत्वाकांक्षी कार्यक्रम ल्याइने नीति कार्यान्वयन नहुँदा आगामी आर्थिक वर्षको कार्यक्रमलाई समेत संशयका दृष्टिले हेर्नुनपर्ने अवस्था सिर्जना भएको छ ।

नगरले विकासका आधारका रूपमा ‘कृषि, पर्यटन र दिगो पूर्वाधार’ को नारालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षका लागि नगरले कृषिलाई पर्यटनसँग जोड्ने नीति ल्याएको छ ।

त्यसबाहेक कृषि क्षेत्रमा नयाँ कार्यक्रम छैनन् । गत आर्थिक वर्षदेखि नीतिमा आएका कार्यक्रम तर कार्यान्वयन नभएका कार्यक्रम दोहोरिएका छन् ।

बराहक्षेत्र-६ र ९ स्थित श्रीलंका टप्पुका जग्गामा उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने, कृषि उपजको प्रशोधन र ब्रान्डिङ गर्ने, कृषि मेला र अन्तर्कृया सञ्चालन गर्ने, कृषि अनुसन्धानका कार्यक्रम सञ्चालन गर्ने, उत्पादनका आधारमा कृषि व्यवसायीलाई अनुदान दिने, कृषि सचेतना र प्रचारका लागि मिडियाको प्रयोग गर्ने, नगरलाई बीउ विजनमा आत्मनिर्भर बनाउने साथै जङ्गली हात्तीलगायतका जनावरले क्षति पुर्‍याएका किसानलाई तत्काल राहत उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर कृषि क्षेत्रको विकास गर्ने उल्लेख गरेको छ । यसमा कृषकको लगानीका आधारमा उत्पादनको मूल्य प्राप्त गर्ने, कृषिलाई प्रविधिमा जोड्ने साझा सुविधा केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम छन् ।

पर्यटनमा प्रचार र होमस्टे, ‘पहल’ गर्ने नीति

बराहक्षेत्र नगरपालिकाले विकासका आधारका रुपमा अघि सारेको पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसार गर्ने, होमस्टे बनाउने र पर्यटन क्षेत्रको विकासका लागि पहल गर्ने नीति लिएको छ ।

कोशी प्रदेश भ्रमण वर्षलाई सफल बनाउन धरतीको पहिलो तीर्थ बराहक्षेत्र जाऔं अभियान सञ्चालन गर्ने भएको छ । नगरले नीति तथा कार्यक्रममा कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधिलाई बढवा दिन सम्भाव्यता अध्ययन तथा पूर्वाधार विकासको लागि आवश्यक पहल गर्ने उल्लेख गरेको छ ।

यस्तै बराहक्षेत्रमा रहेका धार्मिक मठ, मन्दिर, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण, सम्वर्द्धन तथा सौन्दर्यीकरणका लागि संघीय सरकार प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

नगरले पर्यटन क्षेत्रमा नयाँ नारा ल्याएको छ- पर्यटक टिकाउ, आय बढाऔं। यस्तै अन्य प्रदेशको स्थानीय स्रोत साधनको प्रयोग, साँस्कृतिक अभ्यास तथा पर्यटक आकर्षणको व्यवसायिक सफलता प्राप्त गरेका क्षेत्रहरूको अवलोकन भ्रमण गरी अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘२०८० चैत्र २८ गते देखि २०८१ बैशाख २८ सम्म सञ्चालन भएको १२ वर्षे महाकुम्भ मेलाको सफलतालाई मध्यनजर गर्दै आगामी दिनमा १२ वर्षे महाकुम्भ र ६ वर्षे अर्ध कुम्भ मेलाको सञ्चालनलाई थप व्यवस्थित गराइनेछ ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ०५ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा