‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’ « Khabarhub

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् ।

संघीय संसद् अन्तर्गत अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनमा करको दर बढाएको बताएका उनले झूटो कुरा नगर्न सचेत गराए ।

समितिमा सोमबार आर्थिक विधेयकमार्फत् सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघको निवेदन र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको हो ।

जसबारे बोल्दै उनले यो विधेयकले सुन भारतबाट किनेर ल्याऊ र नेपालको व्यवसाय बन्द गर भन्ने देखिएको जिकिर गरे ।

‘यो सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर भनेर भारतीय दूतावासबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पति शुद्धिकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? यो त करको दायरामा छ त । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पति शुद्धिकरण गर्नुपर्छ’, उनले भने ।

सुनमा करको दर बढाएर ग्रे लिस्टबाट निस्किन नसक्ने उनले बताए । ‘गाह्रो हुने उपभोक्तालाई हो, व्यापारीलाई गाह्रो होइन । करको दररेट बढाउनु भनेको नेपालका सुन व्यवसायी डुब, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा दिन्छौँ भनेको हो । यसलाई रोक्न निर्देशन नदिए नेपालमा १० लाख परिवारको घर उजाड हुन्छ’, उनले भने ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : १८ बजे

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति

कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङ– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल