प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण « Khabarhub

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ ।
 
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा महासंका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंंक र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्नेलगायत माग राखिएको छ ।
    
 नेकपा (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर्वमन्त्री एवं महासङ्घका पूर्व अध्यक्ष केशव बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरू ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए ।
    
 सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका कतिपय प्रावधानलाई परिमार्जन गर्न सुुझाव बुझाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ३५ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा