किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन « Khabarhub

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ ।

राजधानीमा अर्को आक्रमण भएको किएभको सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोले एक विज्ञप्तिमार्फत बताएका हुन् ।

गृहमन्त्री इगोर क्लेमेन्कोले सेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु हुनुका साथै आवासीय भवनको एक भाग ध्वस्त भएको तथा दक्षिणी बिला त्सेर्कवामा अर्को व्यक्तिको मृत्यु भएको बताएका छन् ।

युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिरस्कीले रूसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेपछि पछिल्लो आक्रमण भएको हो ।

किएभले रूसविरूद्ध गरेको पछिल्लो आक्रमण ‘प्रभावकारी’ साबित भएको जनाउदै सिरस्कीले युक्रेनले रूसी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण जारी राख्ने बताए।

ऊर्जा र सैन्य पूर्वाधारलाई लक्षित गरी युक्रेनी पूर्वाधार र नागरिकमाथिको घातक रूसी आक्रमणहरूको उचित प्रतिक्रियासहित जवाफी हमला गरेको किएभले बताएको छ ।

पूर्वी युक्रेनी सहर क्रामटोस्र्कको एउटा अपार्टमेन्टमा भएको रूसी आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनी सेनाको प्रशिक्षण मैदानमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री