किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन « Khabarhub

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ ।

राजधानीमा अर्को आक्रमण भएको किएभको सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोले एक विज्ञप्तिमार्फत बताएका हुन् ।

गृहमन्त्री इगोर क्लेमेन्कोले सेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु हुनुका साथै आवासीय भवनको एक भाग ध्वस्त भएको तथा दक्षिणी बिला त्सेर्कवामा अर्को व्यक्तिको मृत्यु भएको बताएका छन् ।

युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिरस्कीले रूसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेपछि पछिल्लो आक्रमण भएको हो ।

किएभले रूसविरूद्ध गरेको पछिल्लो आक्रमण ‘प्रभावकारी’ साबित भएको जनाउदै सिरस्कीले युक्रेनले रूसी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण जारी राख्ने बताए।

ऊर्जा र सैन्य पूर्वाधारलाई लक्षित गरी युक्रेनी पूर्वाधार र नागरिकमाथिको घातक रूसी आक्रमणहरूको उचित प्रतिक्रियासहित जवाफी हमला गरेको किएभले बताएको छ ।

पूर्वी युक्रेनी सहर क्रामटोस्र्कको एउटा अपार्टमेन्टमा भएको रूसी आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनी सेनाको प्रशिक्षण मैदानमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५१ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले