जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्‍याएको छ । 

आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार बराबरको क्षति भएको छ भने सोही स्थानकी ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हात्ती सोही स्थानको देउनिया खोलातर्फ गएको जनाइएको छ । 
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ०५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र