कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र | Khabarhub Khabarhub

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट रोयटर्स र एएफपी जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले प्रसारण गरेका छन् । स्थानीय स्रोतहरूले रातभर विभिन्न स्थानमा विस्फोटको आवाज र आकस्मिक सायरन सुनेको बताएका छन् ।

यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदीद एयर बेस’मा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। सो बेस अमेरिकाको मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्। हालै मात्र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बेसको भ्रमण गरेका थिए।

यसअघि नै अमेरिकी रक्षा अधिकारीहरूले इरानबाट सम्भावित आक्रमणको जोखिमको चेतावनी दिएका थिए। गत शनिबार इरानका आणविक केन्द्रहरूमा अमेरिकी हवाई आक्रमणपछि क्षेत्रीय तनाव थप बढेको थियो।

कतारको आन्तरिक सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा रहेको जनाइएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध हुँदा खाडी क्षेत्रको हवाई यातायातमा समेत असर परेको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : २१ बजे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल