भारतको माग आईसीसीद्वारा अस्वीकार, पाकिस्तानसँगको खेल सार्न नसकिने | Khabarhub Khabarhub

भारतको माग आईसीसीद्वारा अस्वीकार, पाकिस्तानसँगको खेल सार्न नसकिने


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सार्न नसकिने स्पष्ट पारेको छ । म्यानचेस्टरमा हुने खेललाई कुनैपनि अवस्थामा सार्न नसकिने आईसीसीलाई उद्धत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

भारतको पालुवामामा भएको बम विस्फोट भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त रहेको अवस्थामा आगामी मे महिनामा हुने ५० ओभरको विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेल हुन्छ वा हुँदैन भन्ने आशंका गरिरहँदा आईसीसीले यस्तो प्रतिक्रिया दिएको हो।

विश्व कपमा भारत र पाकिस्तानले १६ जुनमा खेल्ने खेल तालिका छ । वल्ड ट्राफोडमा हुने खेल भारतले बहिस्कार गर्ने बताइरहँदा आईसीसीले खेल सार्न नसकिने स्पष्ट पारेको छ ।

‘हाम्रा सदस्य राष्ट्रहरुको परिस्थिती अनुसार हामी निगरानिमा राख्न सक्छौं,’ आईसीसीले भनेको छ, ‘अहिलेमात्रै होइन यस्तो घटनाबाट प्रभावित सबैमा हाम्रो विचार लागु हुन्छन् । खेलकुद, खासगरी क्रिकेटसँग यस्तो अद्भुत क्षमता छ जसले मानिसहरुलाई एकै स्थानमा उभ्याउन सक्छ र हामीले हाम्रा सदस्य राष्ट्रहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गछौं ।’

‘यो कुनै पनि खेल योजनाभन्दा अघि वा पछि सर्दैन,’ आईसीसीले भनेको छ । २०१९ को विश्वकपका लागि आधाभन्दा बढी टिकेट विक्री हुनेक्रममा छन् भने २५ हजारभन्दा बढी टिकट विक्रि भइसकेको जनाएका छन् ।

भारतको पलुवामा भएको हमालामा भारतका ४६ जना सैनिकको मुत्यु भएको थियो । उक्त घटनाको दोषी भारतले पाकिस्तान रहेको भन्दै आरोप लगाउँदै आएको छ भने पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईसीसीलाई आतंकवादी समूह सक्रिय देशसँग सम्बन्ध तोड्न आग्रह गरेको थियो । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले आइतबार ‘सरकार र बोर्ड’ले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका छन् । उनले सरकार र बोर्डको निर्णयबाट आफू खेल बहिस्कार गर्न पनि सहमत हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : २८ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको