छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन « Khabarhub

छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका दुवै प्रतिपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन समितिमाथि नै प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रिपरिषद् बैठकबाट सोमबार गठन भएको पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समितिमाथि नै प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका कसैको निगाहमा सोमबार गठित समितिले भिजिट भिसा प्रकरणमा न्याय गर्न नसक्ने आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने टिप्पणी गरे ।

‘शंकरदास बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको ‘गुड बुक्स’मा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ,’ उनले भने, ‘उहाँले यो जिम्मेवारी लिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयम् सक्षम निकायमा भएको व्यक्तिहरू राडारमा हुनुहुन्छ । सक्षम निकायमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्व मुख्य सचिव बैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति निगाहमा बनेको टिप्पणी गरे ।

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ संसद् बैठकमा उनले भने, ‘जसका उपर छानबनि गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’

रास्वपा र राप्रपाले छानबनि समिति अस्वीकार गर्दै मंगलबारको बैठक बहिष्कार गरेका छन् । उनीहरू गत जेठ १३ गतेदेखि लगातार गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ५० बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा