नेपालगञ्ज उपमहानगरद्वारा नीति, कार्यक्रम प्रस्तुत | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरद्वारा नीति, कार्यक्रम प्रस्तुत


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

प्रमुख प्रशान्त विष्टले आज उपमहानगरपालिकाको १७औँ नगर परिषद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई पर्यटकीय शहरका रुपमा विकास गर्न नेपालगञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई ‘भिजिट वेष्टर्न’ नेपाल कार्यक्रममा आबद्ध गरिने जानकारी दिए । 

उनले सुन्दर, स्वच्छ र हरियाली शहर निर्माणका लागि नेपालगञ्जमा ऐतिहासिक उद्यान निर्माण, तालतलैयाको संरक्षणमा जोड दिँदै मुस्लिम समुदायको जामा मस्जिद, शिख समुदायको गुरुद्वारा, हिन्दूका वागेश्वरी मन्दिर, १०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले ती क्षेत्रलाई समेटेर धार्मिक सद्भाव सर्किटका रुपमा विकास गरिने बताए। 

उपमहानगरपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासका पहिचान गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल गरिने जानकारी दिँदै नगरप्रमुख विष्टले कृषि क्षेत्रलाई प्राथमिकताका साथ नीति कार्यक्रममा समावेश गरेको उल्लेख गरे। 

नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा खाद्यान्न तथा तरकारीको उन्नत एवं गुणस्तरीय बीउको प्रयोगमार्फत तरकारी, च्याउ तथा अन्नबालीको  उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने तथा रासायनिक मल  बिक्री वितरणको प्रभावकारी अनुगमन गरी कृषकलाई सरल र सहज रुपमा उपलब्ध हुने व्यवस्था गरिने उल्लेख गरिएको छ । 

सङ्घीय सरकारको समन्वयमा कृषक सूचीकरणलाई निरन्तरता दिँदै नीति कार्यक्रममा कृषकको रोष्टर तयार गरी पालिकाबाट वितरण हुने अनुदान तथा सहुलियतलाई व्यवस्थित र पारदर्शी बनाइने उनले उल्लेख गरे। सिँचाइतर्फ नगरक्षेत्रभित्र रहेका तालतलैया र पोखरीको संरक्षण गरी कृषिमा उपयोग गर्ने नीति अवलम्बन गरिनेमा जोड दिँदै पशु अधिकारको सुनिश्चिताको लागि पशु एम्बुलेन्सको व्यवस्था आश्रयस्थलका लागि काञ्जिहाउसलाई व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

नेपालगञ्जलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यावसायिक वातावरणको विकास गरिनेमा जोड दिँदै स्थानीय उत्पादन प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने नीति कार्यक्रममा उल्लेख छ । उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको संरक्षण तथा संवर्द्धन गर्न विगत वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा अवधि मातृभाषा समाचार सेवा सञ्चालन भएकामा आगामी आर्थिक वर्षदेखि उर्दू भाषालगायतका मातृभाषाको जगेर्ना र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

सो अवसरमा वडाध्यक्षहरू प्रमोद रिजाल, दीपक बर्मा, राजकुमार साहुलगायतले सङ्घीयताको मर्मअनुसार स्थानीय तहले काम गर्न नसकेको बताए।     

यसैबीच उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले प्रस्तावित रु एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ बराबरको आय तथा व्यय परिषद्मा प्रस्तुत गरे। सो बजेटमध्ये चालु खर्चतर्फ ३८ करोड ५६ लाख ९० हजार, सङ्घीय समपूरक खर्च एक करोड २३ लाख ६६ हजार ६६६, प्रदेश समपूरक खर्च दुई करोड २५ लाख तथा वडा कार्यालयका लागि रु २० करोड खर्च हुने अनुमान गरिएको छ ।  

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ०० बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का