सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक « Khabarhub

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक यही सवमबार र मंगलबार भारतको पुणेमा सम्पन्न भएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयहरूका पदाधिकारीहरू सहभागी थिए ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरूमा छलफल गरे । उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, बिपद् राहत कार्य र सैन्य आदानप्रदानबारे पनि छलफल भएको छ।

यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रुपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेका छन् ।

सन् २००३ मा स्थापित आईएनबीसीजीएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै