‘छ माया छपक्कै’ का पोस्टरमा दीपक र केकीको माया « Khabarhub

‘छ माया छपक्कै’ का पोस्टरमा दीपक र केकीको माया


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा दीपकराज गिरी र केकी अधिकारीलाई हाइलाइट गरिएको छ ।

नामैले पनि प्रेमभाव झल्काउने यो फिल्मलाई दीपकराज गिरीले लेखेका हुन् । जसकारण फिल्ममा कमेडीपन पनि हुनेछ ।

सार्वजनिक दुई पोस्टरमध्ये एकमा दीपकराज गिरी र केकी अधिकारी मुस्कुराइरहेको देख्न सकिन्छ । यस्तै अर्को पोस्टरमा दीपक र केकीको प्रेमलाई केदार घिमिरे र जितु नेपालले लुकेर हेरेको देखाइएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

रिलिजअघि राम्रो चर्चा कमाएको यो फिल्मलाई आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुति रहेको छ ।

चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ बोलको गीत हिट भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : २३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा