गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्य बिन्दु पौडेलले प्रयोग गरेको ‘अन्धोपन र अन्धो त भएको थिएन’ भन्ने अभिव्यक्तिप्रति प्रदेशसभा सदस्य सुनिता थापाले कडा आपत्ति जनाएकी छन् ।

उनले सो अभिव्यक्तिले दृष्टिविहीन व्यक्ति तथा अपांगता भएका समुदायको गरिमा र आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै सदनको नियमावली विपरीत भएको स्पष्ट पारेकी छन् ।

सांसद थापाका अनुसार उक्त अभिव्यक्तिले अपांगता भएका व्यक्तिहरू, विशेषगरी दृष्टीविहीन समुदायको गरिमा, पहिचान र आत्मसम्मानमा प्रत्यक्ष आघात पुर्‍याएको छ । 

उनले गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ को स्पष्ट उल्लंघन भएको भन्दै अभिव्यक्तिलाई सदनको अभिलेखबाट हटाउन माग गरिन् ।

त्यस्तै, उनले सभामुखमार्फत् सांसद पौडेललाई औपचारिक चेतावनी दिइनुपर्ने र यस्ता अपमानजनक भाषाको प्रयोग दोहोरिन नदिन प्रदेशसभा भित्र आवश्यक निर्देशन जारी गरिनुपर्ने बताएकी छन् ।

थापाले प्रदेशसभा सबै नागरिकको प्रतिनिधित्व गर्ने मर्यादित थलो भएको स्मरण गराउँदै त्यस्तो ठाउँबाट विभेदकारी र अपमानजनक शब्द प्रयोग हुनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् । उनले अपांगता भएका व्यक्तिको गरिमा जोगाउन सबै सांसद जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।

प्रदेश सभा सदस्य बिन्दु पौडेलले कुनै समुदाय विशेषलाई होच्याउने मनसायले ती शब्द प्रयोग नगरेको बताएकी छन् । कविताका अंशमा प्रयुक्त शब्द प्रयोग गर्दा दुख मनाउन गर्नु नपर्ने उनको भनाइ छ । 

उनले प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ अनुसार नियमापत्तिको प्रक्रिया नै गलत रहेको बताइन् । ‘मैले बोल्दै गर्दा उठेर नियमापत्ति गर्नुपर्नेमा म पछि २ सांसदले बोलेपछि मात्र नियमापत्ति भएको छ, बोल्दा बोल्दै रोकेको भए सभामुखबाट केही आदेश आउँथ्यो होला त्यसो पनि भएन,’ उनले भनिन् ।  

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बिनाकुमारी थापाले नियमापत्तिबारे ध्यानाकर्षण भएको जनाउँदै बैठकको कारबाही अगाडि बढाएकी थिइन् । 

सभामुख कृष्णप्रसाद धितालले सदनको ध्यानाकर्षण भएको विषय भएकाले ती शब्दहरू हटाउने नहटाउने बारेमा छलफलपछि निर्णय गरिने बताए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ५८ बजे

थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलले लिए सुझाव 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई

हेग – टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको

४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’

काठमाडौं – गत जनवरीमा तेलगु फिल्म ‘गेम चेन्जर’ प्रदर्शनमा आएको

पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी

लिड्स – इङ्ग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित हात