मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी « Khabarhub

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा राखिएको छ ।

मङ्गलबारदेखि सुरू प्रदर्शनीमा ८५ वटा तस्विर राखिएका छन् । तिब्बत चिनाउने यी तस्बिरहरू स्वदेशीदेखि विदेशी पर्यटकले समेत चाख लगाएर हेरेका छन् ।

मङ्गलबजार क्षेत्रमा घुमिरहेका स्वदेशी तथा विदेशीहरूले यी तस्बिरमार्फत् तिब्बतलाई जान्ने प्रयास गरेका छन् । तिब्बतको कला संस्कृतिसँगै त्यहाँको विकासमेत प्रदर्शनीमा राखिएका तस्बिरमा देखाउन खोजिएको छ ।

पाटन दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको पोताला दरबारको तस्बिरले धेरैजसोको ध्यान तानेको थियो । ल्हासा-सिगात्से एक्सप्रेस वेसहित ठूला र फराकिला सडकले धेरैलाई चकित बनाएको थियो ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा शनिबारदेखि आयोजित सांस्कृतिक सप्ताहअन्तर्गत पाटन दरबार स्क्वायरमा मङ्गलबार तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।

उक्त प्रदर्शनी सिजाङ इन्टरनेशनल कम्युनिकेशन सेन्टर र नेपाल चाइना मिडिया फोरमको आयोजनामा गरिएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल