एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती | Khabarhub Khabarhub

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए ।

कृषि उत्पादन बढाई वडा नम्बर ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ ।

उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक ६ करोड २५ लाख रुपैयाँ आम्दानीको लक्ष्य लिइएको छ ।

यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी तीन सयदेखि पाँच सय रुपैयाँसम्म थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले एक लाख रुपैयाँ अनुदान दिएको थियो ।

उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ । (रासस)

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ५४ बजे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट– नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा

गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु

एजेन्सी – युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न सहायता संकलन गर्न पर्खिरहेका

महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’को फिल्म ‘माग्ने राजा’ भदौं

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै