झिनो अंकले घट्यो नेप्से, करिब ६ अर्बको मात्र कारोबार  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, करिब ६ अर्बको मात्र कारोबार 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । बजार बन्द हुँदा झिनो अंकले बजार बढेको भए पनि १५ मिनेटको औसतका आधारमा अन्तिम मूल्य हुने भएकाले गर्दा बजार घटेको हो । 

बुधबार बजार ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेको छ । दिनभरमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ । 

बजार बन्द हुँदासम्म ५ अर्ब ९४ करोड ४२ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ । 

बुधबार ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बजार अवधिभर ३११ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ८२४ पटक शेयर किनबेच भएको छ ।
 
१३ वटा समूह मध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ४६ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने